दूधमा दूध मिसाएर ग्राहकलाई खुलेयाम ठगी गर्नेलाइ के कारवाही गर्ने ? ( हेरौं यस्तो ठगी गर्नेको कान्तिपुरले पर्दाफास गरिदिएको भिडियो र समाचार)

191 0

हरेकदिन ठिमी चोकबाट दधिकोट जाने पुल नजिक घर अगाडि एक बृद्ध बिहान पाँच बजेदेखि तीन क्रेट दुध राखेर बसिरहेका हुन्छन् । जब ६ बज्छ अनि सुरु हुन्छ, उनको व्यापार । तर, उनका ग्राहक स्थानीय होइनन् ।
एउटा एउटा पोका गरेर बिक्री गर्नु पनि पर्दैन । गाउँतिरबाट ठूला ठूला प्लाष्ट्रिकको ड्रम र क्यान लिएर मोटरसाइलकमा आउने व्यक्ति उनका ग्राहक हुन् । यस्ता भाँडा लिएर एकजना होइन, लस्कर आउँछन् । कसले कति प्याकेट दूधका पोका ड्रममा हाल्यो त्यो उनी खाली प्याकेट गनेर थाहा पाउँछन् ।

खासमा उनका ति ड्रमवाला ग्राहकहरु गाउँका कृषकका दुध संकलक ९ठेकेदार० हुन् । गाउँभरीको दूध संकलन गरेपछि पानी हाल्छन् । अनि तिनले ग्राहकको घरमा पुर्‍याउनु अघि पोकाको दूध हालेर बाक्लो बनाउँछन् । यतिसम्म की केहीले गाउँमा दुध संकलन गरेर पानी हाल्न नभ्याए प्याकेटको दुध मिसाउने पसल अघि नै आएर हाल्छन् ।

हामीले ति दूधका ठेकेदारहरुलाई पछ्याउने निधो गर्‍यौं । उनीहरुको ग्राहक कस्ता होलान् हेर्ने प्रयास गर्‍यौं ।

कान्तिपुरले पर्दाफास गरेकाे भिडियाे हेर्नुहाेसः

पहिलो दिनः

हामी दूधको क्रेटहरु भन्दा केही पर कुरीरहेका थियौं । बा८३ प १४९६ नम्बरको मोटरसाइकलमा ठूला दुईवटा ड्रम र तीनवटा क्यान लिएर आए । त्यसमध्ये एउटामा पानी ल्याएका रहेछन् । त्यसमा भएको केही पानी ड्रममा खन्याए । बाँकी पानीमा ६ प्याकेट दुध मिसाए । अरु ड्रममा पनि पोका फुटाउँदै त्यसैगरी थपे ।

यो कुनै बन्द कोठामा भएको दृष्य होइन, बीच बाटोमा गाई भैंसीको दूधमा प्याकेटको दूध मिसाइँदै थियो । केही छिनपछि अर्को बा८२प १०२१ नम्बरको मोटरसाइकल आयो । यसले पनि दूधको पोका भटाभट फुटाउँदै क्यानमा हाल्यो । पसलको साहु नभएपनि भटाभट हालिरह्यो । सबै भाँडामा मिलाएर हाल्यो । यसरी १० पोका जति उसले मात्रै फुटाएर हाल्यो । पैसा तिर्‍यो अनि अघि बढ्यो ।

ती व्यक्ति जाने बित्तिकै पसलेले खाली प्लाष्टिक उठाई हाल्छन् ।

दोस्रो दिनः

बिहान ६ बजे त्यही ठाउँ पुग्दा सिमसिम पानी परिरहेको थियो बा८२प १०२१ नम्बरको मोटरसाइकल आइपुग्यो । भाँडाको बिर्को खोल्यो । एउटा भाँडामा दुई पोका हाल्यो, अनि अर्को भाँडामा पनि दुई पोका हाल्यो । तेस्रो भाडामा एक पोका मात्रै हाल्यो । बाक्लो पातलो मिलाउन एउटा क्यानको दुध अर्कोमा सारफेर पनि गर्‍यो ।

तेस्रो दिनः

सुरुमै बा ८२ प १०२१ को मोटरसाइकल नै आयो । उसले अघिल्लो दिनको भन्दा एक प्याकेट बढी दुध थप्यो । त्यस दिन हामीले उसको ग्राहक पत्ता लगाउने निधो गर्‍यौं । अनि उसलाई ठिमीबाट अघि बढेपछि पछ्याउँदै गयौं ।

मोबाइलको क्यामेरा अन गरेर राखेका थियौं । त्यो मोटरसाइकल अघिअघि हामी पछिपछि । उसको मोटरसाइकल माइतिघरबाट थापाथली तिर मोडियो । कुपण्डोल पुगेपछि कानदेवता मन्दिरबाट समिट होटल तिर मोडियो ।

हामी पिछा गर्दै गयौं । मन्दिर भन्दा अघिल्लो मोडमा पुग्दा दुधमा मिसावट गर्ने मोटरसाइकल चालक आफनो ग्राकहलाई क्यानबाट लिटरले दुध निकाल्दै रहेछन् । उसले निकालेको क्यानमा प्याकेटको दुध मिसाइएको थियो ।

याे समाचार कान्तिपुरबाट लिइएकाे हाे । श्राेत सामग्री हेर्न यहाँ क्लिक गर्नु हाेला ।

Related Post

हेर्नुस एक इवेंटमा खसकेको थियो सोनम कपुरको पहिरन त्यो कुरालाई लिएर के भनिन त सोनमले

Posted by - May 3, 2017 0
काठमाडौं २५ फागुन । बलिवुडमा आफ्नो बिंदास अंदाजको लागि अभिनेत्री सोनम कपुरले आफ्नो ड्रेसबाट चर्चामा आएकी छन । उनले पहिरनको…

मणिपाल अस्पताल कारबाहीमा

Posted by - May 3, 2017 0
स्वास्थ्य मन्त्रालयले मुस्ताङको कागवेनी दुर्घटनाका घाइतेलाई उपचार गर्न नमान्ने मणिपाल अस्पताल, अस्पताल निर्देशक, डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई कारबाही गर्ने निर्णय…

बैंक तथा वित्तीय संस्थाले संस्थागत कमजोरी लुकाई मिलोमतोमा इन्जिनियरलाई फसाएको आरोप

Posted by - May 2, 2017 0
काठमाडौं बैशाख १२ । बैंक तथा वित्तीय संस्थाले विभिन्न झूटा आरोप लगाएर सम्पत्ति मूल्यांकनकर्ताहरूलाई (भ्यालुएटर दःख दिने गरेको इन्जिनियरहरूले बताएका छन्…

बिरामीको मृत्युपछि ओम अस्पतालमा तनावग्रस्त !

Posted by - September 14, 2017 0
काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा  एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाएका…

पिसाब रोक्दा कस्ता समस्या निम्तन्छन् त ? थाहा पाउनुहोस्

Posted by - May 3, 2017 0
पिसाब शरीरको सामान्य प्रक्रिया हो । पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । जसलाई महसुस भएको…

Leave a comment

Your email address will not be published. Required fields are marked *