कांग्रेस उम्मेदवारले मतपत्र खाएपछि…

146 0

२२ असोज, धनुषा । भरतपुर महानगरको मतगणनाका क्रममा १४ जेठको मध्यरातमा माओवादी प्रतिनिधिले मतपत्र च्याते । यसले माओवादी केन्द्रलाई बदनाम गरायो भने विवाद अदालतसम्म पुग्यो ।

त्यसपछि भएका स्थानीय चुनावहरुमा मतपत्र जोगाउन गणनाका क्रममा तारवार नै लगाइयो ।

तर, बुधबार धनुषाको नगराइन नगरपालिकाको नगर कार्यपालिका चुनावमा कांग्रेस उम्मेदवारले मतपत्रै खाइदिएका छन् ।

नगराइन राजेश्वर निधि स्कुलमा मतदान भएको थियो । मतगणनाका क्रममा विवाद भएपछि खुला सदस्यका कांग्रेस उम्मेदवार सूर्यनारायण साहले मतपत्र नै खाएका हुन् । मत बराबरी हुने अवस्था आएपछि साहले मत्रपत्र खाएको एमालेका उम्मेदवार अरुणकुमार लालकर्णले बताए ।

उनले अनलाइनखबरसँग भने, हेरौं भनेर मत पत्र लियो र खाइदियो । प्रहरीले समाउँदा पनि मतपत्र निलिछाड्यो ।’

मतपत्र खाएका उनी एक मतान्तरले विजयी घोषित भए । उनले २२ मत पाएका छन् भने कर्णले २१ मत पाए ।

आफूहरुको विरोधका बीच निर्वाचन अधिकृतले साहलाई विजयी घोषणा गरेको एमाले उम्मेदवारको आरोप छ ।

समाचार स्रोत: www.onlinekhabar.com

Related Post

गोप्यतामा चुक्यो नेपाल आईडल, रिजल्ट लिक भएपछि टिभी निर्देशकले माफी मागे (भिडियाे सहित)

Posted by - September 11, 2017 0
काठमाडौँ । सुजता आउट हुने भन्ने कुरा कार्यक्रम छायंकन हुने बित्तिकै सामाजिक संजालमा केही व्यक्तिहरुले दावी गरेका थिए भने कति…

सुशासन समितिले भन्यो- भीआइपीको पनि विश्वास छैन, सुरक्षा जाँच गर्नू

Posted by - May 1, 2017 0
१७ बैशाख, काठमाडौ । संसदको सुशासन तथा अनुगमन समिति अन्र्तगतको उपसमितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआइपी प्यासेन्जरलाई पनि अनिवार्य चेकिङको व्यवस्था…

बिरामीको मृत्युपछि ओम अस्पतालमा तनावग्रस्त !

Posted by - September 14, 2017 0
काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा  एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाएका…

ओलीको सचिवालयमा हेरेफेर, टिममा कुन कुन परे ?

Posted by - September 11, 2017 0
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सचिवालय हेरफेर गरेका छन् । ओलीको प्रमुख स्वकीय सचिवमा अब ललितपूरका एमाले…

Leave a comment

Your email address will not be published. Required fields are marked *